टेलिभिजनबाट ठूलो पर्दामा होमिएका चर्चित कलाकार सागर लम्साल ‘बले’लाई यतिबेला भाग्यले साथ दिइरहेको छ । गतसाता उनले ‘डल्लेले इन्ट्री मार्यो’मा ३५ लाख रुपैयाँ पारिश्रमिक लिएर साइन गरेको कुरा बाहिर आयो ।
उनको महत्वपूर्ण भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रीदेखि रिलिज हुँदैछ । फिल्मको टिजर हेर्दा बलेको रोल यसमा अर्थपूर्ण र महत्वपूर्ण हुने देखिएको छ । यसबाहेक टिभी श्रृंखला ‘सक्किगो नि’ले उनलाई लोकप्रियता दिलाइरहेको छ ।