राहदानी सूचकांकमा सिंगापुर विश्वको सबैभन्दा शीर्ष स्थानमा छ । द न्युज इन्टरनेसनलका अनुसार जसको राहदानीले १९५ देशमा भिसामुक्त पहुँच प्रदान गर्दछ ।
सिंगापुरपछि जापान, फ्रान्स, जर्मनी, इटाली र स्पेनलगायत धेरै युरोपेली देश छन्, जुन अहिले १९२ गन्तव्यमा पहुँचको साथ तेस्रो स्थानमा छन् ।
फिनल्याण्ड र दक्षिण कोरियाजस्ता देश पनि गत वर्षभन्दा एक स्थान तल झरेका छन् । कुनै समय यी देश पासपोर्ट र्यांकिङमा शीर्ष स्थानमा थिए ।
पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोरमध्येमा परेको छ । नेपाल, प्यालेस्टाइन, बंगलादेश, सोमालियाजस्ता राष्ट्र पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ ।