Meta Title --> छात्राहरूको गोप्य अंगको भिडिओ खिच्ने शिक्षकलाई ६ महिना जेल

छात्राहरूको गोप्य अंगको भिडिओ खिच्ने शिक्षकलाई ६ महिना जेल


 हङकङमा आफूले पढाउने कक्षाका छात्राको गोप्य अंगको भिडिओ खिचेको आरोपमा पक्राउ परेका एक शिक्षकलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ।

चान यु नाम गरेका २६ वर्षीय शिक्षकमाथि छात्राहरूको गोप्य अंगको गैरकानुनी रेकर्डिङ वा अवलोकनको ५ वटा मुद्दा परेको थियो। सोही मुद्दाको सुनुवाइको क्रममा मंगलबार चुनमुन अदालतले उनलाई दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाएको हो।

प्रतिवादी पक्षका वकिलले दोषी ठहरिएदेखि नै जेल परेका चानले आफ्नो अपराधको महसुस गरेको र सुध्रिन चाहेको बताउँदै सजाय घटाउन मागे गरेका थिए।

तर, दोषीले भविष्यमा पुनः अपराध गर्ने सम्भावना ‘तुलनात्मक रूपमा उच्च’ रहेको निष्कर्ष निकाल्दै कार्यवाहक प्रमुख मजिस्ट्रेड डेनियल ताङले उनीहरूको प्रस्ताव अस्वीकार गरे।

Previous Post Next Post