Meta Title --> गृहनगरमै प्रधानमन्त्रीलाई कालो झण्डा, ७ जना पक्राउ

गृहनगरमै प्रधानमन्त्रीलाई कालो झण्डा, ७ जना पक्राउ


 प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार गृह नगरमै कालो झन्डाको सामना गरेका छन्। उनलाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।

दमकमा निर्मित भ्युटावर लगायत विभिन्न स्थानमा उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्रीलाई प्रदेश १ को पुनः नामांकन गर्नु पर्ने माग गरिरहेको संयुक्त संघर्ष समिति र रास्वपाका कार्यकर्ताले कालो झन्डा देखाएका हुन।

त्यसक्रममा प्रहरीले केदार धिमाल, मातृका धिमाल, एलबी पालुङ्वा, सोम चेम्जोङ, तिर्थ खड्का, एलबी पालुङ्वा, विवेक सुनुवार र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शम्भु सुस्केरालाई पक्राउ गरेको छ।

Previous Post Next Post