Meta Title --> लोकसेवा पास गर्न नसकेको तनावले बुबा र भाईको हत्या, परिवारै सक्ने योजनामा थिए मिलन

लोकसेवा पास गर्न नसकेको तनावले बुबा र भाईको हत्या, परिवारै सक्ने योजनामा थिए मिलन


 लोहोरो र डम्बेलले कन्चटमा हिर्काएर बुबा र भाईको हत्या गरी राती नै स्कुटर लिएर भागेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का मिलन आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घट्नाको दुई दिनपछि मंगलबार काठमाडौँ उपत्यका भित्रैबाट पक्राउ गरेको छ।

महाराजञ्जबाट पक्राउ परेका मिलनले बुबा ५६ वर्षीय कुलप्रसाद आचार्य र भाई २२ वर्षका प्रविणको हत्या गरेको स्विकार गरिसकेका छन्। जिल्ला हुलाका कार्यालय खोटाङका निमित्त कार्यालय प्रमूख (नासु) कुलप्रसाद र प्रविण सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित फिकाधारटोलमा रहेको डेरामा सोमबार विहान मृत अवस्थामा भेटिएका थिए।

Previous Post Next Post