बाराको सिमरामा शनिवार कारभित्र मृत फेला परेका प्रहरी कर्मचारी (कार्यालय सहयोगी) राजकुमार रुम्बाको टाउकोमा गोली भेटिएको छ।
पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोमा गोली भेटिएको प्रहरीले जनाएको छ। सिमरा विमानस्थलमा कार्यरत रुम्बा गत शनिबार बागमती प्रदेश ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र मृत फेला परेका थिए।