Meta Title --> सवारी दुर्घटनामा चार जनाको मृत्यु

सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा रोकी राखेको बा.४ ख ६१८२ नम्बरको टिपरमा प्र.३–०२–००४ प ०२०५ नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका–१४ मुरलीवगैंचा घर भई काठमाडौं काँडाघारी हात्तिडाँडा बस्ने ४५ वर्षीय संजय सिंहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ हाकुबेशीस्थित सडकमा हाकुबेशी ड्यामसाईडबाट हाकुबेशीतर्फ आउँदै गरेको बा.प्र.०२–०११ प ४६०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक आमाछोदिङ्मो गाउँपालिका–१ हाकुबेशी घर भएका २० वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


 

Previous Post Next Post