Meta Title --> हात्तिको आक्रमणमा परी सुन्दर हरैंचाकी ६१ वर्षीयवृद्धाको मृत्यु, १५ दिनमा २ जनाको ज्यान गयो

हात्तिको आक्रमणमा परी सुन्दर हरैंचाकी ६१ वर्षीयवृद्धाको मृत्यु, १५ दिनमा २ जनाको ज्यान गयो



 


 मोरङको सुन्दरहरैंचा–५ मा जंगली हात्तिको आक्रमणमा एकवृद्धाको मृत्यु भएको छ।

हात्तीको आक्रमणबाट गुरुङटोलकी ६१ बर्षीय चन्द्रकुमारी लिम्बुको मृत्यु भएको छ। सोमबार दिउँसो दाउरा खोज्न स्थानीय सामुदायिक वनमा गएका लिम्वुलाई हात्तिले आक्रमण गरेको थियो।

साँझसम्म घर नफर्किएपछि बिहान खोजी गर्ने क्रममा उनलाई जङ्गलमै मृत भेटिएको सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरीले जानकारी दिए।

१५ दिनअघि पनि सुन्दरहरैंचा नगरपालिका –७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीय गंगा श्रेष्ठको हात्तिको आक्रमणबाट ज्यान गएको थियो।

सामुदायिक वन क्षेत्रमा अहिले पनि १ दर्जनभन्दा वढि जंगली हात्ति रहेको वडाध्यक्ष चौधरी बताउँछन्। हात्तिका कारण स्थानीयवासी रातभर सुत्न पाएका छैनन। हात्तिको त्रासले मानिसहरु रातभर जागै वस्ने गरेका छन्।


Previous Post Next Post