Meta Title --> सप्तरीको एकै परिवारका ४ जना सवार स्कुटर रोकिराखेको ट्याक्टरमा ठोक्किँदा बाबुछोरीको मृत्यु, आमाछोरा घाईते

सप्तरीको एकै परिवारका ४ जना सवार स्कुटर रोकिराखेको ट्याक्टरमा ठोक्किँदा बाबुछोरीको मृत्यु, आमाछोरा घाईते


 बर्दियामा आईतबार एकै परिवारका ४ जना सवार स्कुटर रोकेर राखेको ट्याक्टरमा ठोक्किएर सप्तरीका बाबुछोरीको मृत्यु भएको छ भने आमाछोरा घाईते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी केदार खनालका अनुसार मृत्यु हुने सप्तरीका ३२ वर्षीय रामकुमार साह र उनकी छोरी ६ वर्षीया विद्या छन्। रामकुमारकी श्रीमती रुबी साह र छोरा प्रिन्स साह घाईते छन्।

हुलाकी सडकमा रोकेर राखेको भे १ त ९०६२ नम्बरको ट्याक्टरमा बा ६८ प ७०३६ नम्बरको स्कुटर ठोक्किएर दुर्घट्ना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाईते भएका चारै जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा रामकुमार र विद्याको मृत्यु मृत्यु भएको तथा पत्नी र छोरा घाइते भएको एसपी खनालले वताए। उनीहरूको उपचार जिल्ला अस्पतालमै भइरहेको छ ।

Previous Post Next Post