Meta Title --> रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै

रौतहट दुर्घटना अपडेट : मृतक ८ जनाकै पहिचान खुल्यो, घाइते ५ जनाको उपचार हुँदै


 रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गको धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।

प्रहरीले मृतकका आफन्त मार्फत दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत गरेको छ।  दुर्घटनामा चालकको पनि मृत्यु भएको छ।

चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जङ्गलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका–३ बँठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महँगी देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया शकुन्तल देवी महरा र ४० वर्षीय जीप चालक श्रीकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिए।

Previous Post Next Post