Meta Title --> पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु

पाल्पामा माछा मार्ने विस्फोटक पदार्थ पड्किदा एक जनाको मृत्यु




 पाल्पाको तिनाउ गाउँपालिकामा शुक्रबार दिउँसो बिस्फोटक पदार्थ बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् पाल्पाको तिनाउ गाउँपालिका बुढाचटक २ बस्ने मदन सोमैको घर पछाडि बिस्फोटक पदार्थ बिस्फोट हुँदा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

सोमैको घर पछाडि आगनमा सलाईको काँटीबाट माछा मार्नको लागि बिप्फोटक पदार्थ बनाउने क्रममा अचानक बिस्फोट हुँदा तीन जना घाइते भएका थिए । घाइते हुनेमा तिनाउ गाउँपालिका -२ बुढाचक बस्ने सुरज सोमैसहित रुपन्देही तिलोत्तमा नगरपालिका ४ डिङ्गानगर घर भई बिहीबार साँझ मदन बहादुर सोमैको घरमा आएका २१ वर्षीय कोशिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहनुभएको छ ।

Previous Post Next Post