Meta Title --> ललितपुरमा महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’, ७० बङ्‍गुर मरे

ललितपुरमा महामारीजन्य रोग ‘अफ्रिकन स्वाइन फिभर’, ७० बङ्‍गुर मरे


 ललितपुरका विभिन्न क्षेत्रमा महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको छ। पछिल्ला केही दिनमै ७० वटा बङ्गुर/सुँगुर मरेको र धेरै बिरामी रहेको पाइएको छ।

महानगर पशु सेवा शाखाका अनुसार नख्खु करिडोरको एक कृषि फर्ममा मरेका बङ्गुरको नमुना परीक्षणका लागि केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पठाएको थियो।

ललितपुर महानगरपालिकाले वडा नं २२ चुनिखेल, नख्खु करिडोरमा बङ्गुर–सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर पुष्टि भएको जनाएको छ। कात्तिक २५ गते केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरको पीसीआर परीक्षण रिपोर्टबाट यो रोग पुष्टि भएको हुँदा महानगर क्षेत्रभित्रका विभिन्न स्थानहरूमा पालिएका बङ्गुर/सुँगुर पालक कृषक/व्यवसायीहरूले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन महानगरपालिकाले भनेको छ।

महानगरपालिकाले सतर्कताका लागि ८ बुँदे सूचना जारी गरेको छ।

Previous Post Next Post