Meta Title --> प्रहरीको कार्यालय सहयोगी मृत फेला

प्रहरीको कार्यालय सहयोगी मृत फेला


 सिमरा विमानस्थलस्थित प्रहरी यूनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत फेला परेका छन् । जितपुरसिमरा उपमहानगरपालिका-११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला परेको प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए । अरूको कार लिएर रूम्बा शुक्रबार राति सिमराबाट लोसण्डा गाउँतिर गएका थिए । कारको ढोका खुलेको अवस्थामा शव भेटिएकोले हत्या हुनसक्ने अनुमान प्रहरीको छ ।


Previous Post Next Post