Meta Title --> मोरङमा दाउरा खोज्न जङ्गल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

मोरङमा दाउरा खोज्न जङ्गल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु


 जङ्गलमा दाउरा खोज्न गएकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

मोरङको सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितिको जङ्गलमा दाउरा खोज्न गएकी ४० वर्षीया गङ्गा श्रेष्ठलाई शुक्रबार बिहान हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि विराटनगर नोबेल अस्पताल पठाएको थियो।

अस्पताल पुर्याउने बित्तिकै उनलाई चिकित्सकले मृत्यु घोषणा गरेको थिए ।

Previous Post Next Post