Meta Title --> बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन

बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन


 भारतमा चिकित्सकको लापर्बाहीको एउटा घटना प्रकाशमा आएको छ । उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एउटा अस्पतालमा बिहीबार भुइँलादेवी नाम गरेकी महिला बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि पुगेकी थिइन् ।चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन भने आश्चर्यचकित भए । किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।

Previous Post Next Post