सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्तिशुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन्।
भुसाललाई आइतबार अबेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थलीबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् । अपराध अनुसन्धान कार्यालय प्रमुख भट्टराईका अनुसार थप अनुसन्धानका लागि भुसाललाई सोमबार पोखरा पठाउने तयारी छ ।