मोरङको सुनबर्षी नगरपालिका–९ स्थित हुलाकी राजमार्गमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार राति करिब साढे ८ बजे रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रक उत्तर तर्फ मोड्ने क्रममा स्टार्ट बन्द भएपछि सुनबर्षी–९ भेरुवाथानमा रोकिएको थियो । रंगेलीबाट डाइनिया जाँदै गरेको मे ४ प १८२३ नम्बरको मोटरसाइकल सोही ट्रकको पछाडि ठोक्किएर दुर्घटना भएको हो ।