Meta Title --> एउटै मोटरसाईकल दुर्घटनामा बाबुछोराको मृत्यु, मध्येरातमा यसरी भयो दुर्घटना

एउटै मोटरसाईकल दुर्घटनामा बाबुछोराको मृत्यु, मध्येरातमा यसरी भयो दुर्घटना

 

मोरङमा शनिवार मध्यराती मोटरसाईकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।

राति करिब १ बजे को ग्रामथान गाउँपालिका–२, झोराहाट चौकस्थित नहरको पुलमा प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाईकल चालक कटहरी गाउँपालिका–१ का २२ वर्षीय आशिक मरिक र उनका बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो।

तीव्र गतिमा रहेको मोटरसाइकल आफैं दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Previous Post Next Post