Meta Title --> सर्लाहीमा ६५ वर्षीया वृद्धाको हत्या, उनकै छोरा पक्राउ

सर्लाहीमा ६५ वर्षीया वृद्धाको हत्या, उनकै छोरा पक्राउ


 सर्लाहीमा ६५ वर्षीया आमाको हत्या गरेको आरोपमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ।

आमा फूलकुमारी देवीको हत्या गरेको आरोपमा विष्णु गाउँपालिका–६, सिमराका ३२ वर्षीय भगलु मण्डल पक्राउ परेका हुन।

उनलाई आज बिहानै पक्राउ गरिएको प्रहरीले जनाएको छ। घरायसी विवाद हुँदा भगलुले आमालाई कुटपिट गरेका थिए। गम्भीर घाइते भएकी फुलकुमारीलाई उपचारका लागि वीरगञ्ज लाने क्रममा बाटोमै मृत्यु भएको थियो।

घटनाको सूचना पाए लगत्तै खटिएको इलाका प्रहरी कार्यालय फेन्हराको टोलीले भगलुलाई पक्राउ गरेको हो।

Previous Post Next Post