Meta Title --> घरेलु कामदार बालिकालाई बलात्कार गरेको आरोप लागेका पूर्वमेयरलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

घरेलु कामदार बालिकालाई बलात्कार गरेको आरोप लागेका पूर्वमेयरलाई थप ७ दिन हिरासतमा राख्न अनुमति


 घरेलु कामदार बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ परेका झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई अदालतले थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

यस अघि प्रहरीले अनुशन्धानका लागि पाएको ५ दिनको म्याद सकिएपछि उनलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराईएको थियो। प्रहरीले अनुसन्धान नसकिएको बताउँदै थप म्याद मागेपछि अदालतले ७ दिनको म्याद दिएको स्रेस्तेदार किरण सिंहले जानकारी दिए।

यसअघि अदालतले पहिलो पटक ४ र दोस्रो पटक ५ दिनको म्याद दिएको थियो। सिवाकोटीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले २५ मंसिरमा पक्राउ गरेको हो।

Previous Post Next Post