एक २२ वर्षीय युवक तीन दिनसम्म १२ मिटर गहिरो इनारमा तीन दिनसम्म अड्किएर बस्न बाध्य भएका छन् । गाउँलेले उनको आवाजलाई भूतको आवाज ठानेपछि उनीहरू इनारको छेउसम्म पनि नपुगेका हुन् ।
इनारमा खस्दा उनलाई गम्भीर चोट लागेको छ । उनको हात भाँचिनुका साथै मस्तिष्कमा पनि कनकसन भएको बताइएको छ । सुरुमा उनले ठुलो स्वरमा चिच्याएर मद्दत माग्ने प्रयास गरेका थिए । तर, घण्टौँ बित्दा पनि कोही पनि उनको उद्धारका लागि आएनन् ।
सुरुमा निरन्तर मद्दतका लागि चिच्याएका उनले त्यसपछि एक घण्टामा एक मात्र चिच्याउन थाले । धेरैपटक उनको आवाज सुनिएन । तर, जसले सुने उनीहरूले पनि यसलाई भूतको आवाज हो भनेर ठाने । मानिसहरू इनारको नजिक जानुको साटो डराएर झनै टाढा भागे ।