Meta Title --> पर्सामा प्रधानमन्त्रीको कार्यक्रममा सहभागि हुनेलाई २ लिटर पेट्रोलको कुपन

पर्सामा प्रधानमन्त्रीको कार्यक्रममा सहभागि हुनेलाई २ लिटर पेट्रोलको कुपन


 पर्सामा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागि हुन जानेका लागि गाउँगाउँमा पेट्रोलको कुपन वाँडिएको छ।

आज पर्साको सखुवाप्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको सहभागितामा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा मधेश प्रदेशका खेलकुद मन्त्री प्रमोद जैसवालका भाई तथा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउने जनाईएको छ।

नेकपा एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए। सोही कार्यक्रममा उपस्थिती धेरै देखाउँन हरेक स्थानीय तहमा तेलको कुपन वाँडिएको जनाईएको छ। एमालेकै एक कार्यकर्ताले प्रतिब्यक्ति २ लिटरको कुपन बाँडिएको बताए।

प्रदेशका खेलकुद मन्त्री जैसवालले भने आफूहरूले कुनै किसिमको कुपन नबाँडेको बताए। उनका अनुसार गाउँ गाउँबाट कार्यकर्ताहरू आफ्नै खर्चमा कार्यक्रममा सहभागी हुन आइरहेका छन्।

Previous Post Next Post