रास्वपाका सभापति रवि लामिछाने जोडिएको कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पहिलो दिनको थुनछेक बहस चलिरहँदा मुद्दाका प्रतिवादी कृष्णबहादुर गुरूङले उठेर ‘यही मर्छु’ वहस नै स्थगित गर्नु परेको छ।
न्यायाधीश नितिज राईको इजलासमा सरकारी वकिलको तर्फबाट बहस चलिरहेको थियो। सुजाता पौडेलले बहस सकेर सहायक न्यायाधिबक्ता शान्तिदेवी शर्माले बहस सुरु गरेकी थिईन। उनले सहकारीमा जोडिएका प्रतिवादीहरूको नाम लिने क्रममा ८० वर्षीय कृष्णको पनि नाम आएपछि उनले उठेर ‘यहीँ मर्छु’ भन्दै आँशु झारे।
इजलासमा यस्तो अभिब्यक्ति आएपछि पूर्व सांसद एवम् कृष्णकी छोरी मिना गुरुङलगायत रुन थाले। बहसको माहौल एकाएक बिग्रियो र अवस्था असहज भएर बहस नै स्थगित गरिएको थियो।
मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बयान सकिएर थुनछेक बहस सुरु भएको छ। रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो।