रुकुमपूर्वमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिका-६ स्थित पाखा गाउँमा गएराती पौने ११ बजे रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटना भएको हो ।
लु प ०२००१ ह ०३५० नम्बरको अटो दुर्घटना हुदाँ सिस्ने गाउँपालिका वडा नम्बर ६ की १२ वर्षीया विष्णु बुढाको जिल्ला अस्पताल रुकुमपूर्वमा उपचार गर्ने क्रममा मृत्युको भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी हिम बहादुर के.सीका अनुसार अटो दुर्घटनामा एकको मृत्यु र चालकसहित ४ घाइते भएका छन्। घाइते हुनेमा एउटै घरको १४ वर्षकी शुसिला बुढा, ११ वर्षकी सुस्मिता बुढा, ६ वर्षका महेन्द्र बुढा र सिस्ने गाउँपालिका वडा नम्बर ५ का अटो चालक टोप बहादुर कार्की घाइते भएका छन् ।