त्यसै पनि प्रत्येक शनिबार भक्तपुर दरवार क्षेत्र आन्तरिक पर्यटकहरुले भरिभराउ भएको हुन्छ । त्यसमा पनि विशेष भरिभराउ भयो शनिबार । कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्सको टोली भक्तपुर घुम्न आउनु ।
नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा लिगमा सहभागी विदेशी र स्वदेशी खेलाडीसहितको टोली भक्तपुर भ्रमणमा आएका थिए । टोलीमा २६ जना खेलाडी तथा प्रतिनिधि रहेका थिए । त्यसमा नेपाली खेलाडीसहित भारतीय तथा अन्य विभिन्न मुलुकहरुबाट आएका खेलाडीहरु थिए ।