Meta Title --> मर्निङवाकमा गएकी २ सन्तानकी आमामाथि सामुहिक वलात्कार, हातखुट्टा बाँधेको अवस्थामा बाँस झ्याङबाट उद्धार

मर्निङवाकमा गएकी २ सन्तानकी आमामाथि सामुहिक वलात्कार, हातखुट्टा बाँधेको अवस्थामा बाँस झ्याङबाट उद्धार


 मोरङमा मर्निङवाकमा निस्किएकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। मंगलबार विहान विराटनगर महानगरपालिका नजिकैको कटहरी गाउँपालिका– २ मा उनीमाथि यो दुर्घटना भएको हो।

युवतीलाई बाँसको झ्याङमा लगेर हातखुट्टा बाँधी मुखमा पट्टी लगाएर सामूहिक बलात्कार गरिएको पीडितको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। युवतीलाई दिउँसो कटहरी गाउँपालिका–२ स्थित धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्रबाट अर्धचेत अवस्थामा उद्धार गरिएको छ।

करिब ११ बजे पराल लिन गएकी महिलाले देखेपछि उनको उद्धार गरिएको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको मोरङ प्रहरीका डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए। उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ।

Previous Post Next Post