Meta Title --> एनपीएलमा एकै बलमा १५ रन

एनपीएलमा एकै बलमा १५ रन

 

नझुक्किनुस् है, यो एक ओभरमा बनेको हैन, एकै बलमा बनेको हो । चितवन राइनोजका बलर अमर सिंह राउटेलाको ओभरमा विराटनगरले एकै बलमा १५ रन जोडेको हो ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा  आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो ।

एक बलमा कसरी बन्छ १५ रन ? कसरी सम्भव भयो १ बलमा १५ रन ?

तर त्यसपछि अन्तिम बलमा जे भयो त्यो इतिहास बन्यो । अन्तिम बलमा ‘ड्रामाटिक लास्ट बल’ भने जस्तै ।

राउटेलाको बलमा बसिरले छक्का हाने । उक्त बल ‘नो बल’ भयो । राउटेलाले फेरि बलिङ गर्नुपर्‍यो । त्यसमा बसिरले २ रन जोडे  तर फेरि ‘नो बल’ भयो । ‘नो बल’ हुँदा कुल ३ रन आयो । राउटेलाले फेरि बल फाल्नुपर्‍यो । त्यो बल पनि ‘नो बल’ भयो तर बसिरले कुने रन लिएनन् । त्यसमा १ रन आयो ।

Previous Post Next Post