Meta Title --> #NepalPremierLeague मा हालसम्म सबैभन्दा बढी रन लिने खेलाडी चिन्नुहोस् ।

#NepalPremierLeague मा हालसम्म सबैभन्दा बढी रन लिने खेलाडी चिन्नुहोस् ।

 

नेपाल प्रिमियर लिग (एनपीएल) नेपाली क्रिकेटकै सबैभन्दा ठूलो फ्रेन्चाइज टुर्नामेन्ट हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस लिगमा ८ फ्रेन्चाइज टिमको सहभागिता छ ।

मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ । लिग चरणका खेलहरुपछि प्लेअफ हुँदै फाइनल हुनेछ । लिग चरणमा कूल २८ खेल हुनेछन् । प्लेअफमा दुई क्वालिफायर, एक इलिमिनेटर र फाइनल गरी ४ खेल हुनेछन् ।

लिगको उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको ओमोडा इ५ कार प्राप्त गर्नेछन् ।

नेपाली क्रिकेट इतिहासमा यस पटक सबैभन्दा धेरै ८ फ्रेन्चाइज  टिम सहभागी हुँदैछन् ।

Previous Post Next Post