विश्वकै सबैभन्दा वृद्ध व्यक्ति जापानकी महिला टोमिको इटोकाको निधन भएको छ। उनको ११६ वर्षको उमेरमा शनिबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानको ह्युगो प्रान्तको आशिया सहरको एक नर्सिङ होममा निधन भएको आशियाका मेयरले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन्। गत वर्षको सेप्टेम्बरमा उनलाई विश्वकै वृद्ध व्यक्ति भनेर गिनिज वर्ल्ड रेकर्डले घोषणा गरेको थियो।
त्यति बेला संसारकै वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रानयास मोरेराको अगस्ट २०२४ मा ११७ वर्षको उमेरमा निधन भएपछि इटोका सबैभन्दा वृद्ध घोषित भएकी थिइन्।