जंगलमा घाँस काट्न गएका नवलपुरको हुप्सेकोट गाउँपालिका ४ डिहीका ६० बर्षीय पुरुष रमन राना मगरको मृत्यु भएको छ । आज विहान हुप्सेकोट ४ को थुम्किदेवी सामुदायिक वनमा घाँस काट्न मगर आज अबरसम्म नफर्केपछि खोज्न जाने क्रममा उनी रुख मुनी गम्भीर घाइते अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार राना मगरको मध्यविन्दु जिल्ला अस्पतालमा आज साँझ उपचारको क्रममा मृत्यु भएको हो ।