Meta Title --> देउवाको नामबाट निकालेको विज्ञप्ति नक्क‍ली : कांग्रेस

देउवाको नामबाट निकालेको विज्ञप्ति नक्क‍ली : कांग्रेस


 नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्क‍ली प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा राखेर भ्रम छरेको भन्‍दै गम्भीर ध्यानाकर्षण गराएको छ।

पार्टी मुख्‍यालयका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Previous Post Next Post