भारतमा आयोजना गरिने संसारकै सबैभन्दा ठूलो धार्मिक भेला हो, महाकुम्भ मेला । गत १३ जनवरीदेखि शुरू भएको महाकुम्भ मेलामा सहभागी हुन भारत मात्रै होइन, संसारभरिबाट श्रद्धालुहरू प्रयागराजमा ओइरिएका छन् । महाकुम्भ मेला आगामी २५ फरवरिसम्म चल्नेछ ।
धार्मिक आस्था, आध्यात्मिकता र सांस्कृतिक परम्पराहरूमा गहिरो रूपमा जरो गाडेको यस मेलाले संसारभरिका लाखौँ तीर्थयात्री, सन्त र आगन्तुकहरूलाई आकर्षित गर्दछ । यो मेला चारवटा पवित्र नदी किनारहरू ः प्रयागराज (गंगा–यमुना–सरस्वती सङ्गम), हरिद्वार (गंगा), नासिक (गोदावरी), र उज्जैन (शिप्रा) मा चक्रीय रूपमा आयोजना गरिन्छ ।