Meta Title --> चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला,चालू आवमा तेह्र गैँडा मरे


 चितवन राष्ट्रिय निकुञ्जकाे पश्चिम क्षेत्रमा साेमबार एउटा गैंडा मृत फेला परेकाे छ । निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरका अनुसार पश्चिम सेक्टर स्थित पिप्रहर घाट पारी गैँडा जुधेर मरेको अवस्थामा भेटिएको हाे ।

अन्दाजी २३ वर्षकाे उक्त भाले गैंडाकाे खाग खुर लगायतका अवयवहरू सकुशल रहेको बताइएको छ ।

निकुञ्जकाे तथ्यांक अनुसार चालू आवको आधा आधि भित्रै प्राकृतिक कारणसहित १३ गैंडा मरेका छन् 

Previous Post Next Post