Meta Title --> बसुन्धरामा बसले स्कुटरलाई ठक्कर दिँदा चालक गम्भीर

बसुन्धरामा बसले स्कुटरलाई ठक्कर दिँदा चालक गम्भीर


 काठमाडौंको बसुन्धरामा आज राति दुर्घटना भएको छ।

बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले बागमती प्रदेश ०२-०४१ प २६६० स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्।

राति ८ बजेतिर भएको सो दुर्घटनामा बस चालक र सहचालक फरार भएका छन्। बसलाई सडकमै छाडेर उनीहरू फरार भएका प्रहरीले जनाएको छ। ​

Previous Post Next Post