Meta Title --> लहानमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिँदा उदयपुरको एकै परिवारका ३ जना घाईते

लहानमा स्कुल बसले मोटरसाईकललाई ठक्कर दिँदा उदयपुरको एकै परिवारका ३ जना घाईते


 पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहानमा स्कुल बसले मोटरसाईकलाई ठक्कर दिँदा उदयपुरको एकै परिवारका तीन जना घाईते भएका छन्।

लहान नगरपालिका–१३ मा भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका–६ देउरीका ४० वर्षीय किरण थापा उनकी श्रीमति २५ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजा कुमारी थापा घाईते भएका हुन।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको प्र२–०१–००१प ७९ नम्बरको संकल्प विद्या आश्रमको स्कुल बसले विपरित दिशामा जाँदै गरेको बा १८ प ८३२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट एउटै मोटरसाईकलमा रहेका थापाका परिवार घाईते भएका हुन। लहानमा प्राथमिक उपचारपछि घाईतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते थापा सिरहाको मिर्चैया नगरपालिकास्थित स्वस्तिक पाठशाला स्कुलका लेखापाल हुन। उनीहरु घर फर्किने क्रममा दुर्घटनामा परेका हुन।

Previous Post Next Post