पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको पुस्ता छिटो उपलब्धि खोज्ने खालेको भएको बताएकी छन् । शुक्रबार धरानमा नेकपा एमालेका नेताहरूसँगको भेट कार्यक्रममा बोल्दै भण्डारीले अहिलेको पुस्तामा कुर्न सक्ने क्षमता कम भएको बताइ । यस विषयमा देशका अग्रज र सचेत नागरिक वर्गले सोच्नु पर्नेमा भण्डारीले जोड दिइन् ।
राजनीतिक दलका जिम्मेवार नेताहरूलाई देशको स्थितिको बारेमा राम्रै छलफल गर्न उनले अपिल गरे । ‘अहिलेको नयाँ पुस्ता अत्यन्त तीव्र गतिमा हिँड्न चाहन्छ, हामी जुन पर्खिने धर्यता राख्थ्यौ, अहिलेको पुस्तामा त्यो खालको धर्यता छैन’, उनले भने ।