Meta Title --> क्यालिफोर्नियामा डढेलो नियन्त्रण गर्न प्रयोग गरिएको ‘पिंक पाउडर’ के हो ?

क्यालिफोर्नियामा डढेलो नियन्त्रण गर्न प्रयोग गरिएको ‘पिंक पाउडर’ के हो ?


  अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो नियन्त्रणमा चम्किलो पिंक पाउडर प्रयोग गरिएको छ । विभिन्न सञ्चार माध्यमहरूले विमानबाट पिंक पाउडर प्रयोग गरिएका तस्बिर तथा दृश्यहरू सार्वजनिक गरेका छन् । 

सहरको विभिन्न क्षेत्रहरूमा पिंक पाउडर छरिएको पाइन्छ । अधिकारीहरूका अनुसार गत साता हजारौँ ग्यालन पिंक पाउडर सहरमा छरिएको थियो । आखिर यो पिंक पाउडर के हो त ? कतिपयमा यसले कसरी डढेलो नियन्त्रणमा सहयोग गर्छ भन्ने चासो पनि उत्पन्न गरेको छ । खासमा आगो नियन्त्रणमा प्रयोग गरिएको पिंक पाउडरको नाम ‘फोस चेक’ हो । यो पाउडर ‘पेरिमिटर’ नामक कम्पनीले बिक्री गरेको थियो ।

Previous Post Next Post