Meta Title --> जोखिमपूर्ण फोहर व्यवस्थापन गर्न सिसा पेल्ने मेसिन सञ्चालन

जोखिमपूर्ण फोहर व्यवस्थापन गर्न सिसा पेल्ने मेसिन सञ्चालन


 लमजुङको दोर्दी गाउँपालिकाले जोखिमपूर्ण फोहोर व्यवस्थापन गर्नका लागि सिसा पेल्ने मेसिन संचालनमा ल्याएको छ । पालिकाले सिसाका बोतल तथा सिसाजन्य फोहर व्यवस्थापनका लागि सिसा पेल्ने मेशिन संचालनमा ल्याएको हो । प्रयोगविहीन विभिन्न प्रकारका सिसाका बोतलहरुको उचित व्यवस्थापन हुन नसक्दा बजार तथा गाउँघर अव्यवस्थित, फोहर जोखिमपूर्ण भएकाले सिसा पेल्ने मेसिन संचालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । 

Previous Post Next Post