Meta Title --> विमानमा बम राखेको धम्कीपछि उडान बन्द

विमानमा बम राखेको धम्कीपछि उडान बन्द


 बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा बम राखिएको धम्की पछि ६ घण्टाको आपत्कालीन घोषणा गरिएको छ ।

बिहान आएको एक बिमानमा बम राखिएको धम्की आए पछि बुधबार दिउँसो करिब १२ बजेसम्म त्यहाँ कुनै शंकास्पद बस्तु नभेटिएको जनाइएको छ ।

ढाका ट्रिब्युनका अनुसार बिहान ५ः३० बजे विमानस्थल नियन्त्रण कक्षमा रोमबाट आउँदै गरेको बंगलादेश विमान एयरलाइन्सको बिजी ३५६ को विमानमा बम रहेको सन्देश आएको थियो । र, यो पनि भनिएको थियो कि त्यो बम जुन जुनसुकै बेला विस्फोट हुनसक्छ । सो धम्कीको जानकारी तुरुन्तै उच्च अधिकारीहरूलाई पठाइयो।

क्याबका अध्यक्ष र कार्यकारी निर्देशक समूह क्याप्टेन कमरुल इस्लाम र अन्य वरिष्ठ अधिकारीहरू विमानस्थलमा पुगेका थिए। र, सम्पूर्ण क्षेत्रलाई तुरुन्तै व्यापक सुरक्षा घेरा अन्तर्गत राखिएको थियो। उक्त कार्यमा वायुसेनाको बम डिस्पोजल टोली, क्विक रेस्पोन्स टिम ९क्यूआरटी०, फायर सर्भिस र अन्य कानून प्रवर्तन एजेन्सीहरुको सहभागिता रहेको थियो ।

Previous Post Next Post