Meta Title --> लाज शरणम्को भिडियो प्रतियोगिता

लाज शरणम्को भिडियो प्रतियोगिता


 लोकप्रिय हास्य कलाकाहरूको संलग्नतामा बनेको फिल्म लाज शरणम्ले स्टार स्किम अवसर अफर घोषणा गरेको छ। अफरअन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिता गर्न लागिएको हो।

निर्माण पक्षका अनुसार सहभागीहरूले लोकपप, आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेल गर्नु पर्नेछ।

प्रतियोगीहरूले तयार पारेका भिडियो लाज शरणम्को टिकटक अकाउन्टमा अपलोड गरिनेछ। भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गरिने निर्माण समूहले जानकारी गराएको छ। प्रतियोगिता १५ गतेसम्म खुला रहनेछ।

महाशिवरात्रीको अवसरमा आगामी फागुन १४ गते रिलिज हुने फिल्म कुमार कट्टेल ‘जिग्री ब्रो’ ले निर्देशन गरेका छन्। विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकारले अभिनय गरेको फिल्म जेपीटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेको हो। फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।


Previous Post Next Post