रक्तचन्दन तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले दुई जनालाई ४६२ किलोग्राम रक्तचन्दन सहित पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक बलेफीका ४० वर्षीय ज्ञानबहादुर तिमिल्सिनालाई माघ १ गते राति भक्तपुरबाट पक्राउ गरेको छ।
यस घटनाले नेपाल फेरि रक्तचन्दन तस्करीको ट्रान्जिट बनेको संकेत गरेको छ। यद्यपि अनुसन्धान प्रारम्भिक चरणमै भएकाले अहिले केही भन्न नसकिने अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले बताए।