Meta Title --> ६ विपक्षी दलको बैठक बस्दै, आजै पत्रकार सम्मेलन

६ विपक्षी दलको बैठक बस्दै, आजै पत्रकार सम्मेलन


 ६ विपक्षी दलको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बस्नेछ।

बैठकपछि दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेको विपक्षी दलहरूले जानकारी दिएका छन्।सरकारको कामकारबाहीप्रति असन्तुष्ट रहँदै आएका विपक्षी दलहरू पछिल्लोपटक सरकाले अध्यादेश जारी गरेपछि थप रूष्ट छन्।

बुधबार पनि विपक्षी दलहरूको बैठक बसेको थियो। बैठकले सरकारले हिउँदे अधिवेशन बोलाउन विलम्ब गरिरहेको निष्कर्ष निकाल्दै सदन आह्वान गर्न दबाब दिने निर्णय गरेको थियो।

Previous Post Next Post