Meta Title --> म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन- BD bhandari

म एमाले अध्यक्ष बन्ने सम्भावना टरिसकेको छैन- BD bhandari

 मलाई सोध्नुभयो-तपाईं के गर्नुहुन्छ त ? यसमा मैले अलिकति समय पर्खेको हो । सकेसम्म नयाँ नेतृत्व हामीले स्थापित गर्न सक्दा राम्रो भन्ने लाग्छ । तर त्यस्तो भएन भने कार्यकर्ताको चाहना भावनालाई कुठाराघात गर्नु पनि हुँदैन ।


सात वर्षसम्म शीतलनिवासमा रहेर डेढ वर्षअघि निवृत्त पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अचेल मदन भण्डारी फाउन्डेसन मार्फत सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय देखिन्छिन् । अनलाइनखबरसँग यो अन्तर्वार्तामा भण्डारीले आफ्नो विगत विरासत सम्झाउँदै फेरि एमाले नेतृत्वमा फर्कन सक्ने प्रस्ट संकेतहरू गरेकी छन् । उनले यसअघि सार्वजनिक मञ्चमा गएर बोलेका अभिव्यक्तिलाई लिएर टिप्पणीहरू भइरहेका छन् । खासगरी राष्ट्रको अभिभावक, अनि संविधानको संरक्षक र पालकको भूमिका निर्वाह गरिसकेको व्यक्ति फेरि दलनिकट भएर काम गर्नुहुन्छ कि हुँदैन भनेर बहस समेत चलिरहेको छ ।

यसै पृष्ठभूमिमा भण्डारीले अनलाइनखबरसँग आफूले विगतमा एमालेभित्र महिला अध्यक्ष हुनुपर्छ भनेर राख्दै आएका मतहरू अझै टरिनसकेको ठोकुवा गरेकी छन् । उनले पार्टीको अध्यक्षमा महिला आउन सक्ने, र आफू विभिन्न कारणले योग्य पात्रमा पर्न सक्ने भनी विगतमा राखेको मतको औचित्य अझै नटरेको बताइन् । बीचमा राष्ट्रप्रमुखको संवैधानिक दायित्व पूरा गरी फर्केपछि अब आफूले पार्टी सदस्यता नै नवीकरण गरेमा अरूले अनौठो मान्न नहुने उनले धारणा दिएकी छन् ।




Previous Post Next Post