Meta Title --> नेताहरुका अनुसार यो खबरदारी सभा माओवादीले सडक आन्दोलनका लागि गरेको एउटा ट्रायल थियो, जुन सोचेभन्दा सफल भएको उनीहरुको दाबी छ ।

नेताहरुका अनुसार यो खबरदारी सभा माओवादीले सडक आन्दोलनका लागि गरेको एउटा ट्रायल थियो, जुन सोचेभन्दा सफल भएको उनीहरुको दाबी छ ।

 

लामो समय सत्तामा बसेको नेकपा माओवादी केन्द्रले शनिबार राजधानी काठमाडौंमा खबरदारी सभा गरेको छ ।

सभामा माओवादीका शीर्ष नेताहरुले सरकारलाई सुशासनको अभियान नरोक्न खबरदारी गरेका छन् । सँगै, खबरदारी सभाको औचित्यमाथि उठेको आशंकाप्रति प्रष्टोक्ति पनि दिएका छन् ।

किनकि सहकारी बचत रकम अपचलनको मुद्दामा पक्राउ परेका रवि लामिछाने र उनको पार्टी रास्वपालाई साथ दिनेगरी माओवादीले सडक प्रदर्शन राखेको टिप्पणी भइरहेको छ ।

रवि पक्राउअघि त्यसैदिन २ कात्तिकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै पहलकदमीमा विपक्षी दलहरु सम्मिलित संयन्त्र बनाएर १३ बुँदे साझा मागपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएकाले पनि यस्तो टिप्पणी स्वाभाविक देखिन्थ्यो ।



Previous Post Next Post