Meta Title --> भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ, तर भेदभाव गर्न पाइँदैन : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचार र ठगीसम्बन्धी कारबाहीमा हाम्रो समर्थन छ, तर भेदभाव गर्न पाइँदैन : नारायणकाजी श्रेष्ठ

 

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगीसम्बन्धी अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् ।

शनिबार पार्टीले काठमाडौं आयोजना गरेको खबरदारी सभामा सम्बोधन गर्दै उनले यस्तो घटनाको अनुसन्धान अघि बढोस् भन्ने नै आफूहरुको चाहना रहेको बताए ।

विपक्षी मोर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

श्रेष्ठले यही प्रकरणतर्फ संकेत गर्दै भने, ‘हामी कुनै पनि भ्रष्टाचाराविरोधी कारबाही, ठगीविरुद्ध कारबाही कानुन सम्मत ढंगले अगाडि बढोस् भन्ने चाहन्छौं, यसमा कुनै भ्रम पैदा नगरियोस्, हामीले भनेको के हो भने त्यस्ता अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्छ र भेदभाव गर्नुहुँदैन । भ्रष्टाचार र ठगीविरुद्धको अनुसन्धान अघि बढोस् भन्ने चाहन्छौं ।’


Previous Post Next Post