राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछाने पक्राउ विरोधको आन्दोलनको आगामी स्वरूपबारे छलफल भइरहेको छ।
राजनीतिक प्रतिशोध साधेर सभापति लामिछानेलाई पक्राउ गरेकोबारे विरोधको आगामी स्वरूप के हुन सक्छ भनेर रास्वपाको केन्द्रीय समितिमा छलफल भइरहेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार सहकारी पीडितलाई न्याय दिन आवश्यक कदम चाल्नुको सट्टा सत्तापक्ष अन्यतिरै अल्झिएको आरोप छ।