बारम्बार कांग्रेस र एमालेको काँध फेरि १९ महिना सत्ताको नेतृत्व गरेको माओवादी केन्द्र अहिले प्रतिपक्षमा आइपुगेको छ।
२०६४ सालयता लगभग निरन्तर सत्तामा बसेको माओवादी पार्टीमा अब के गर्ने; पार्टी कसरी अघि बढाउने र कसरी यसलाई जोगाएर लैजाने भन्ने उकुसमुकुस छ। अहिले माओवादीको हातबाट केन्द्रिय सत्ता मात्रै गएको छैन, यो दलले प्रदेश सरकार, प्रदेश प्रमुख र राजदूतहरु समेत गुमाएको छ।
माओवादीले किन सत्ता गुमायो भन्नेमा माओवादी नेता-कार्यकर्ताका फरक फरक धारणा छन्। ३२ सिट मात्र ल्याएको माओवादीले सत्ताको नेतृत्व लिनु नै अस्वाभाविक थियो भन्देउदेखि, ठूला दुई दलसँग आवश्यक संवेदनशीलता अपनाउन नसकेको भन्ने सम्मका धारणा नेता-कार्यकर्तामा छन्।
कतिपय माओवादी नेता-कार्यकर्तालाई आफुहरु सडकमा पुगेको केही समयका लागि मात्र हो, फेरि सत्तामा पुगे बाटो आइहाल्छ भन्ने छ। माओवादीका एक पूर्वमाओवादी सहयोगीले भने, 'अहिले कागजमा सडकमा आएका हौं, पछि फिर्ता भइहाल्छौं।'
कतिपयले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नै भावुक भएको र एमालेको चाल बुझ्न नसकेको बताएका छन्।