Meta Title --> इजलासमा न्यायाधीश र रवि लामिछानेबीच एक्ला–एक्लै के भयो कुराकानी?

इजलासमा न्यायाधीश र रवि लामिछानेबीच एक्ला–एक्लै के भयो कुराकानी?




.

..


 कास्की जिल्ला अदालतका प्रमुख न्यायाधीश नवराज दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एक्ला–एक्लै कुराकानी भएको खुलेको छ।

सहकारी ठगी र संगठित अपराधमा पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गर्न जाँदा न्यायाधीश दाहाल र लामिछानेबीच इजलासमै एक्ला–एक्लै कुराकानी भएको हो।

सहकारी पीडित र लामिछाने दुवै पक्षका कानुन व्यवसायीले बहस सकिएपछि न्यायाधीश–लामिछानेबीच कुराकानी भएको सेतोपाटीसँग बताए।

सहकारी पीडित तर्फबाट बहस गरेका अधिवक्ता युवराज पराजुली र रविका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता नारायण घिमिरेले न्यायाधीश र रवि लामिछाने एक्ला–एक्लै कुराकानी भएको बताए। तर उनीहरूबीच भएको कुराकानीबारे आफूहरू जानकार नभएको दुवै अधिवक्ताहरूले बताएका छन्।

लामिछानेका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता घिमिरेले न्यायाधीश र झगडियाका एक पक्षसँग यसरी कुराकानी गर्ने चलन नै रहेको बताए।

‘श्रीमान न्यायाधीशज्यू र रवि लामिछानेबीच एक्ला एक्लै कुराकानी भयो। त्यहाँ एक जना सहायक कर्मचारीबाहेक अरू प्रहरी कर्मचारी थिएनन्,’ उनले सेतोपाटीसँग भने, ‘उहाँहरूबीच के कुराकानी भयो भनेर मिसिलमा रेकर्ड हुँदैन।’

Previous Post Next Post