सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन्।
हिरासतमा रहेका रविमाथि सहकारीकै अर्को मुद्दा पनि थपिएको छ। रूपन्देही जिल्ला अदालतबाट पूर्वउपप्रधान एवम् गृहमन्त्री रहेका रविसहित १२ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जसमा पूर्वडीआईजी छविलाल जोशी र रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीको पनि नाम छ।
रूपन्देही अदालतले टवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा उनीहरूमाथि अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति उनीहरूमाथि संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा अनुसन्धान गर्न भनी बिहीबार पक्राउको अनुमति दिएको हो।
सहकारीबाट नोबडी प्रोडक्सन कम्पनीलगायत व्यक्तिका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ।