Meta Title --> पाँचथर दशमी बाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित ४ जना घाइते

पाँचथर दशमी बाट दमक जाँदै गरेको बस दुर्घटना हुँदा चालकसहित ४ जना घाइते


 

यो खबर सुन्दा र तस्बिरमा देख्दा केहि लेख्न मन लागेको छ ।

आज मंसिर १५ पाँचथर दशमी बाट दमक जाँदै गरेको बस मिक्लाजुङ ३, बाजागरा माङ्देवा खोला र सेते खोल्सीको बीचमा दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको खबर जुन छ । प्रायजसो दुर्घटनाहरूको वास्तविक कारण बाहिर आउन गर्दैन तथापि केहि न केहि कुराको असरकै कारण हुनेहो दुर्घटना भनेको ।
मुख्य तय बाटो, चालक र सवारि साधनमा यात्रुको अवस्था र गति यिनै कुराको कारण दुर्घटना घट्ने गरेको पाईन्छ ।
हाम्रो यो भेगमा बस सञ्चालनमा आएको खासै धेरै समय नभए पनि दमक रवि दसमि ट्याक्सि चलेको भने लामै समय बितिसकेको छ र बाटोको अवस्थाले सुधारहुन भने कछुवा गति लिएको सर्वबिदितै छ।
नियामक निकायहरूको ध्यानकर्षण नहुदा पुराना गाडि , कागजपत्र ठिक नभएको , लाईसेन नभएको पुराना तथा नया सिकारू चालकहरूको कारण दुर्घटनाहुने सम्भावना यस क्षेत्रमा प्रवल रहेको यात्रुहरू बताउछन् । तसर्थ सुविधा सगै उचित सतर्कता अपनाउन जरूरि देखिन्छ ।
Previous Post Next Post